नियम ४
सुपरिटेण्डेण्ट र अन्य कर्मचारीहरू सम्बन्धी व्यवस्था
(१) देहाय बमोजिमको योग्यता नभई कुनै व्यक्ति सुपरिटेण्डेण्टको पदमा नियुक्ति हुन वा वहाल रहन सक्ने छैन ः–
(क) एस.एल.सी. वा सो सरहको शैक्षिक योग्यता भएको, र
(ख) यी नियमहरू बमोजिम खोप्ने प्रमाणपत्र प्राप्त गरेको ।
(२) खोप्ने कार्यको लागि आवश्यक संख्यामा खोप्ने व्यक्ति नियुक्ति गरिने छन् । खोप्ने व्यक्तिहरूको योग्यता कमसेकम देहाय बमोजिमको हुनु पर्छः–
(क) देवनागरी लिपिमा नेपाली भाषा राम्रोसँग लेख्न र पढन सक्ने योग्यता भएको, र
(ख) यी नियमहरू बमोजिम खोप्ने प्रमाणपत्र प्राप्त गरेको ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्वयंसेवकहरूले पनि नियम ५ को उपनियम (१) मा लेखिए बमोजिमको तालिम प्राप्त गरी खोप्ने काम गर्न सक्ने छन् ।